२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हवाइ इन्धन मूल्य बढ्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख १८ गते शुक्रबार

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी नयाँ मूल्यसूची कायम गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ घटेको छ ।

त्यस्तै डिजेल र मट्टितेलमा १२ रुपैयाँले मूल्य घटाइएको छ । खाना पकाउने ग्यासको मूल्य १५० रुपैयाँले बृद्धि भएको छ । आयल निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार, अब खाना पकाउने ग्यासको मूल्य २ हजार १६० रुपैयाँ पुगेको छ । निगमका अनुसार, आधा सिलिण्डर ग्यासको मूल्य १ हजार ८० तोकिएको छ ।

यसअघि पूरा सिलिण्डर ग्यासको मूल्य २ हजार १० कायम थियो भने आधा सिलिण्डरको १ हजार ५ रुपैयाँ कायम थियो । हवाइ इन्धनको मूल्य बढाइएको छ । निगमका अनुसार आन्तरिकतर्फ हवाइ इन्धनको मूल्य ७ रुपैयाँले बढाइएको छ । मूल्य घटेसँगै काठमाडौंमा पेट्रोलको मूल्य २१७ रुपैयाँ कायम भएको छ ।

यसअघि काठमाडौं, दिपायल र पोखरामा पेट्रोलको मूल्य २१९ रुपैयाँ थियो । समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर क्रमशः पहिलो वर्गमा २१४.५०, दोस्रो वर्गमा २१६ र तेस्रो वर्गमा २१७ रुपैयाँ कायम गरिएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर पहिलो वर्गमा २२२.५० दोस्रो वर्गमा २२४ र तेस्रो वर्गमा २२५ पुगेको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १८ गते शुक्रबार