राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक, पूर्वशिक्षामन्त्री र वर्तमान सांसद महावीर पुन जहाँ जहाँ पुग्छन्, किताब पनि साथै लैजान्छन् । गाउँसहरका चोक चोकमा उनी आत्मकथा महावीर पुन : सम्झना, सपना र अविरल यात्रा बेच्दै हिँडेको भेटिन्छ । नयाँ वर्षको दिन पनि सांसद पुन पुल्चोकमा पुस्तक बिक्री गर्दै र प्रशंसकसँग तस्वीर खिच्दै थिए । उनले आफ्नो किताब दुई लाखभन्दा बढी प्रति बिक्री भइसकेको बताएका छन् ।
प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार
सत्यपाटी