कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीको निर्देशमा मन्त्रालयले गहुँ र चैते धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो ।
चालु आर्थिक वर्षमा गहुँको मूल्य प्रतिक्विन्टल दुई हजार ८५६ रुपैयाँ ४९ पैसा र धानको मूल्य तीन हजार ९४५ रुपैयाँ निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । यो १८ प्रतिशत चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य हो ।
१८ प्रतिशत भन्दा बढी चिस्यान भएमा प्रतिक्विन्टल एक किलो २०० ग्रामका दरले तौल घटाई मूल्य कायम गरिने व्यवस्था गरिएको छ । गत वर्षको तुलनामा गहुँको मूल्य प्रतिक्विटल ७७ रुपैयाँ ६२ पैसा र चैते धानको प्रतिक्विटल ५५ रुपैयाँ आठ पैसा वृद्धि भएको हो ।
गत आर्थिक गत वर्षमा गहुँको मूल्य तीन हजार ८६७ रुपैयाँ ३८ पैसा प्रतिक्वीन्टल र चैते धान दुई हजार ८०० रुपैयाँ ६९ पैसा प्रतिक्विटल रुपैयाँ थियो । सरकारले किसानलाई उचित मूल्य सुनिश्चित गर्न र उत्पादन वृद्धि प्रोत्साहन गर्न न्यूनतम समर्थन मूल्य निर्धारण गर्दै आएको छ ।
सत्यपाटी