२०८३ वैशाख १४ , सोमबार 27, April 2026, Monday

बाँकेका प्लास्टिकजन्य उद्योगलाई कच्चा पदार्थको अभाव

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १५ गते आइतबार

बाँकेमा सञ्चालित प्लास्टिकजन्य उद्योगहरू कच्चा पदार्थको अभावका कारण उत्पादन घट्दै गएको छ । मध्यपूर्वमा देखिएको तनाव र अन्तरराष्ट्रिय आपूर्ति शृङ्खलामा आएको अवरोधका कारण उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ समयमा उपलब्ध हुन नसकेको उद्योगीहरूले बताएका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य सङ्घका प्रतिनिधिहरूका अनुसार प्लास्टिक दाना लगायतका मुख्य कच्चा पदार्थको आयात प्रभावित भएपछि उत्पादनमा गिरावट आएको छ । केही उद्योगहरू सञ्चालनमै कठिनाइ भोगिरहेका छन् । अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य करिब ४० प्रतिशतसम्म बढेको र आपूर्ति समेत नियमित हुन नसकेको उद्योगीहरूको भनाइ छ ।

पानीका बोतल, पाइप, हेलमेट, प्लास्टिक कुर्सी, प्याकेजिङ सामग्रीलगायत दैनिक प्रयोगका वस्तु उत्पादनमा असर देखिन थालेको छ । व्यवसायीहरूले कच्चा पदार्थको आपूर्ति सहज नभए उद्योग थप संकटमा पर्न सक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार