२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

बाँकेमा जलेको अवस्थामा भेटिएकी युवतीको मृत्यु

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १५ गते आइतबार

बाँकेको नेपालगन्जमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवती उपचारका क्रममा मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित भेरी प्राविधिक शिक्षालय नजिक गएराति करिब १२ बजेको समयमा करिब २५-३० वर्षीया युवती आगोले जलेर घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक दीपक पातलीले उपचारका लागि तत्काल भेरी अस्पताल पुर्याइए पनि, उपचारकै क्रममा उनको मृत्यु भएको जानकारी दिए । हालसम्म मृतकको पहिचान हुन सकेको छैन र शव भेरी अस्पतालमै राखिएको छ । घटनाको कारण स्पष्ट नहुँदा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार