सरकारले जेनजी शहीद परिवारका सदस्यलाई योग्यता अनुसार १०० दिनभित्र जागिर उपलब्ध गराउने भएको छ ।
शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीमा सरकारले योग्यता अनुसार सरकारीदेखि निजी क्षेत्रमा रोजगारी उपलब्ध गराउने कार्यसुची सार्वजनिक गरेको हो ।
यस्तै, आन्दोलनबाट प्रभावित परिवार र नागरिकहरूलाई राज्यप्रतिको विश्वास पुनस्र्थापना गर्न एकीकृत पहल गर्ने उल्लेख छ । शहीद परिवार तथा घाइतेहरूको पुनस्र्थापना र जीवन यापनको सुरक्षा गर्ने कार्यसूचीमा उल्लेख छ ।
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार
सत्यपाटी