२०८३ वैशाख ५ , शनिबार 19, April 2026, Sunday

कक्षा ५ सम्मका विद्यार्थीको आन्तरिक परीक्षा लिन नपाइने

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १५ गते आइतबार

सरकारले कक्षा ५ सम्मका विद्यार्थीका लागि आन्तरिक परीक्षा निषेध गर्ने भएको छ । नयाँ शैक्षिक सत्रबाट कार्यान्वयनमा आउने गरी सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई परीक्षा लिन नपाउने व्यवस्था गर्ने भएको हो ।

सरकारको कार्यसूचीमा भनिएको छ, ‘उनीहरूलाई मनोवैज्ञानिक असर र दबाब नपर्ने खालको मूल्यांकन प्रणालीबारे विकल्प तयार गर्ने ।’

यस्तै, विश्वविद्यालयबाट लिइने स्नातक र स्नातकोत्तर परीक्षाको नतिजा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको क्यालेन्डर अनुसार अनिवार्य प्रकाशित गर्नुपर्ने भएको छ । सरकारले स्नातकसम्मको अध्ययनका लागि नागरिकता नचाहिने गरी कार्यविधि बनाउने भएको छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार