रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् । प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । त्यसका लागि रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन, उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्लेबीच छलफल चलिरहेको छ ।
स्रोतका अनुसार अर्थमन्त्रीमा स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्रीमा शिशिर खनालको नाम तय भएको छ । त्यस्तै कानुन मन्त्रीमा सोविता गौतमको नाम तय भएको बताइएको छ । खनाल यसअघि छोटो समयका लागि शिक्षामन्त्री बनेका थिए । ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुदन गुरूङको नाम टुंगो लागेको हो ।
प्रतिभा रावललाई कृषि तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ । उद्योग मन्त्री अमरेश सिंहलाई बनाउने भएको छ भने शिक्षामन्त्रीमा सस्मित पोखरेलको नाम टुंगिएको छ । कानुन मन्त्री सोबिता गौतम, स्वास्थ्य मन्त्रीमा निशा मेहता, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, महिला बालबालिका सीता वादी लगायतको मन्त्री टुंगिएको हो ।
सत्यपाटी