२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

प्रहरीका एक हजार ७८२ हवल्दारको सरुवा (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत १३ गते शुक्रबार

प्रहरी प्रधान कार्यालयले ठुलो सङ्ख्यामा प्रहरी हवल्दारहरूको सरुवा गरेको छ । प्रधान कार्यालय, मानवश्रोत विकास विभाग (कर्मचारी प्रशासन शाखा)ले बिहीबार एकैपटक एक हजार ७८२ जना प्रहरी हवल्दारको सरुवा गरेको हो ।

विभागले आवश्यकता अनुसार जनपद प्रहरी समूहतर्फका हवल्दारहरूलाई विभिन्न कार्यालयहरूमा सरुवा गरेको जनाएको छ । २०८२ साल चैत १२ गतेको निर्णय अनुसार सरुवा भएका उनीहरूले आगामी चैत महिनादेखिको तलब र भत्ता सरुवा भई गएको दरबन्दीबाटै पाउने व्यवस्था मिलाइएको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवाको विवरणसहित आवश्यक अभिलेख अद्यावधिक गरिदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखाना (प्रहरी) लैनचौरलाई पत्रचार गरिसकेको छ । साथै, सरुवा भएका हवल्दारहरूलाई सम्बन्धित कार्यालयहरूमा खटाउन र सोको जानकारी गराउन मातहतका सबै प्रहरी कार्यालयहरूलाई बोधार्थमार्फत निर्देशन दिइएको छ ।

 

प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार