२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

चुनावमा शर्मनाक हारपछि गगनले सभापति पद छोडे, सभापति बन्दै विश्वप्रकाश

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ५ गते बिहीबार

नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा शर्मनाक हार ब्यहोरेपछि थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।

उनले बुधबार शर्माले पार्टीका उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका छन् । सर्लाही–४ उम्मेदवारी दिएका थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहसँग हारेका थिए । सिंह ३५ हजार ६८८ मतसहित विजयी हुँदा थापाले २२ हजार ८३१ मत पाएका थिए ।

थापा काँग्रेसको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति निर्वाचित भएका थिए । हाल थापाले सभापति पदबाटै राजीनामा दिएका छन् । थापाको राजीनामाबारे शुक्रबार बस्ने पार्टीको आगामी बैठकले निर्णय गर्ने बताइएको छ । थापाको राजीनामा स्वीकृत भएसँगै उपसभापति विश्वप्रकाश शर्मा पार्टीको सभापति बन्ने काँग्रेसका एक नेताले बताएका छन् ।

प्रकाशित मिति : २०८२ चैत ५ गते बिहीबार