२०८३ वैशाख ८ , मंगलबार 21, April 2026, Tuesday

राप्रपा संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ४ गते बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने भएका छन् । जुम्लाबाट विजयी भएका एक मात्र राप्रपा उमेदवार शाही संसदीय दलको नेता बन्ने भएका हुन् ।

राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले संसदीय दलको नेता ज्ञानेन्द्र शाही बन्ने बताए । उनले भने, ‘प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राप्रपाको एक मात्र विजयी उमेदवार ज्ञानेन्द्र शाही हुनुहुन्छ । उहाँको विकल्प नै छैन ।’

यद्यपि, संसदीय दलको नेताका विषयमा भने पार्टीभित्र छलफल भइनसकेको उनको भनाइ छ । शाहीले नेपाली कम्युनिस्ट पार्टीका नरेश भण्डारीलाई पछि पार्दै विजय हासिल गरेका हुन् । राप्रपाले चार जनालाई समानुपातिक सांसद बनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार