२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

हिमाली भूभागका केही स्थानमा बर्षाको सम्भावना

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत ४ गते बुधबार

जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ । हाल कर्णाली प्रदेश लगायत गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ ।

कोशी र लुम्बिनी प्रदेश लगायत बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ । बाँकी भू–भागमा मौसम मुख्तया सफा रहेको छ । कोशी प्रदेशको हिमाली तथा पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने तथा गण्डकी प्रदेशको तराई तथा बागमती र कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्ने, बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा कोशी प्रदेशको पहाडी र हिमाली भू–भाग लगायत गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २०८२ चैत ४ गते बुधबार