२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

भेरी नदीमा हाम फालेकी आमा र छोरी मृत फेला, छोरा अझै बेपत्ता

सत्यपाटीसत्यपाटी । कर्णाली । २०८२ चैत ३ गते मंगलबार

भेरी नदीमा दुई छोराछोरीसहित हाम फालेकी एक महिलाको शव फेला परेको छ भने उनकी छोरीको पनि शव भेटिएको छ । पाँच वर्षीय छोरा भने अझै बेपत्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी ३८ वर्षीया माया कठायतको शव आइतबार लेकबेशी नगरपालिका–३ पटारे क्षेत्रमा फेला परेको हो ।

त्यस्तै उनकी ११ वर्षीया छोरी आशा कठायतको शव मंगलबार बिहान गुर्भाकोट–१३ मसानघाट नजिक माछा पार्ने जालमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका सूचना अधिकारी मोहनजंग बुढथापाका अनुसार घटनापछि निरन्तर खोजतलास भइरहेको छ । घटनामा संलग्न पाँच वर्षीय छोरा दीपक कठायत भने अझै फेला नपरेकाले नदी क्षेत्रमा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ चैत ३ गते मंगलबार