२०८३ वैशाख १८ , शुक्रबार 1, May 2026, Friday

भोलि आन्तरिक हवाई उडान आवश्यकताका आधारमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २० गते बुधबार

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ ।

प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकता अनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ ।

मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने विमानस्थलको अवस्थाका आधारमा वायुसेवा कम्पनीको संशोधित उडान तालिका बमोजिम सञ्चालन हुने प्राधिकरणले उल्लेख गरेको छ । मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका सबै उडान तत्कालका लागि स्थगित हुँदै आएको छ ।

प्रकाशित मिति : २०८२ फागुन २० गते बुधबार