२०८३ असोज २४ , शनिबार 10, October 2026, Saturday

सुन चाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा आज सोमबार सुन र चाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन आज तोलामा ३ हजार २ सय रुपैयाँ बढेर तीन लाख १३ हजार ५०० रुपैयाँ पुगेको छ ।

हिजो आइतबार सुन प्रतितोला तीन लाख १० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेर पाँच हजार ५९५ रुपैयाँ पुगेको छ । चाँदी हिजो आइतबार प्रतितोला पाँच हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार