२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

घरभित्र पस्यो चितुवा, आक्रमणबाट दुई जना घाइते

काठमाडौंको एक घरमा चितुवा पसेको छ । तारकेश्वर नगरपालिका–९ स्थित स्थानीय अनोजमणी अधिकारीको घरमा पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते समेत भएको प्रहरीले जनाएको छ ।

दुलाल महर्जन र मायानाथ वाग्ले घाइते भएका छन् । दुलाल महर्जनलाई शुभम अस्पताल र वाग्लेलाई आर्मी अस्पताल पु¥याइएको छ । अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको छ । प्रहरीले वन विभागको टोलीलाई बोलाएका बताएको छ ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार