डा.सिके राउत नेतृत्वको जनमत पार्टीबाट रौतहट–२ मा उम्मेदवार बनेका २८ वर्षीय सोनु कुशवाहाले आइतबार पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा व्यक्तिवाद तथा परिवारवाद हाबी भएको कारण देखाउँदै आफूले राजीनामा दिएको बताएका छन् ।
परिवर्तनको लागि जनमत पार्टीबाट उम्मेदवारी दिएको तर युवामाथि दमन हुँदा पनि पार्टीले केही नबोलेको गुनासो गर्दै उनले पार्टीनै परित्याग गरेका हुन् । उनका अनुसार पार्टीभित्रै कसैको आवाज सुन्ने वातावरण नहुँदा बस्नुको कुनै अर्थ छैन् ।
पार्टीबाट उम्मेदवार बन्न लगाइए पनि कुनै समन्वय नरहेको तथा पार्टी नेतृत्व आफ्नै क्षेत्र तथा दाइको क्षेत्रमा व्यस्त रहेको उनले आरोप लगाएका छन् । उनीसँगै सो क्षेत्रका अन्य नेताहरूले पनि पार्टीको साधारण सदस्यबाट राजीनामा दिएका छन् ।
पार्टीभित्र आन्तरिक असन्तुष्टि, नेतृत्वको एकलौटी निर्णय, स्थानीय जनभावनाको उपेक्षा तथा विकासका मुद्दामा स्पष्ट रोडम्याप नदेखिएको भन्दै राजीनामा दिएका हुन् ।

सत्यपाटी