२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

निर्वाचनमा लगातार सात दिन बिदा

फागुन २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचनमा सबै मतदाताको सहभागीताका लागि फागुन २०, २१ र २२ गते गरी तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरिएको हो ।

‘हामीले फागुन २१,२२ र २३ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेका छौ । स्वीकृत गर्ने नगर्ने सरकारको कुरा हो,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको भनाइ छ ।

बिदाको निर्णय भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । यदि आयोगको सिफारिस अनुसार सरकारले बिदा स्वीकृत गरेमा लगातार सात दिन सार्वजनिक बिदा हुने भएको छ ।

फागुन १८ र १९ गते दुई दिन होली पर्व, २० देखि २१ निर्वाचन तथा २३ र २४ गते शनिबार र आइतबार अन्तर्राष्ट्रिय नारी दिवस समेत पर्ने भएकाले लगातार सात दिन बिदा हुने भएको हो ।

प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार