२०८३ भदौ १३ , शनिबार 29, August 2026, Saturday

‘रविको नीलो क्रान्ति, निर्वाचनबाट रास्वपा पहिलो पार्टी’

रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘नीलो क्रान्ति’ चितवनबाट सुरु भई देशभर फैलिँदै पहिलो पार्टी बन्ने दाबी गरेका छन् । चितवन–१ मा आयोजित चुनावी सभामा उनले चितवनलाई इतिहास रच्ने उर्वर भूमि भन्दै आगामी फागुन २१ को निर्वाचनलाई सामान्य रूपमा नलिन आग्रह गरे ।

लामिछानेले राजनीतिक आडमा राज्य संरचना दुरुपयोग गर्नेहरूलाई सबक सिकाउने समय आएको उल्लेख गर्दै आफूमाथि भएका अन्यायको कानुनी लडाइँ लड्ने र वर्षौँदेखि जनताको सपनामाथि भएको ‘डोजर’को हिसाब निर्वाचनमार्फत लिने बताए । उनी चितवन–२ बाट प्रतिनिधिसभा उम्मेदवार छन् भने चितवन–१ बाट रास्वपाका हरि ढकाल उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २०८२ फागुन ५ गते मंगलबार