२०८२ फागुन ४ , सोमबार 16, February 2026, Monday

आजदेखि निर्वाचन प्रचार, १८ गते रातिदेखि मौन अवधि

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ३ गते आइतबार

निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रचारप्रसारको अवधि तोकेको छ । आयोगले फागुन ३ गते राति १२ बजेदेखि १८ गते राति १२ बजेसम्मका लागि प्रचारप्रसारको अवधि तोकेको हो ।

जसअनुसार फागुन १८ गते राति १२ बजेपछि मौन अवधि सुरु हुनेछ । निर्वाचन आचार संहिता २०८२ ले राजनीति दल, उमेदवार, दलका भातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचार प्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरेको छ । त्यसको प्रचारप्रसारमा उक्त आचरण पालना गर्न पनि आयोगले निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार