२०८२ फागुन ४ , सोमबार 16, February 2026, Monday

२०८३ सालमा विवाहका ४१ लगन, फागुनमा सबैभन्दा धेरै (सूचीसहित)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन ३ गते आइतबार

विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्था अनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुले विवाह गर्न सक्छन् । धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ ।

मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समय अनुसार सम्पन्न हुने संस्कार मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदाय अनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन)मा विवाह गर्ने चलन छ । ज्योतिषीय गणना अनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ ।

वैशाख (८ दिन)

७ गते — दिउँसो
८ गते — दिउँसो र राति
२२ गते — राति
२३ गते — दिउँसो
२४ गते — राति
२५ गते — दिउँसो
३० गते — राति
३१ गते — दिउँसो

असार (७ दिन)

९ गते — दिउँसो
१३ गते — दिउँसो
१४ गते — राति
१५ गते — राति
१७ गते — दिउँसो
१८ गते — दिउँसो
२३ गते — दिउँसो

मंसिर (८ दिन)

९ गते — दिउँसो र राति
१० गते — दिउँसो र राति
१६ गते — राति
१७ गते — दिउँसो
१९ गते — राति
२४ गते — राति
२५ गते — राति
२६ गते — दिउँसो

माघ (६ दिन)

४ गते — राति
१२ गते — राति
१५ गते — दिउँसो र राति
१९ गते — दिउँसो र राति
२० गते — दिउँसो र राति
२७ गते — दिउँसो र राति

फागुन (१२ दिन — सबैभन्दा धेरै)

३ गते — दिउँसो र राति
४ गते — दिउँसो
११ गते — दिउँसो
१२ गते — दिउँसो
१५ गते — राति
१६ गते — दिउँसो
१७ गते — राति
१८ गते — दिउँसो
२० गते — दिउँसो र राति
२५ गते — राति
२६ गते — दिउँसो
३० गते — राति

शास्त्र अनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ । वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नु उपयुक्त मानिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुने र असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुने भए पनि ती अवधिमा विवाहको लगन नपर्ने भएकाले यसको असर नपर्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार