२०८३ असोज २९ , बिहीबार 15, October 2026, Thursday

आइसीसी टी-२० विश्वकपमा आज नेपाल र वेस्ट इण्डिजबीच प्रतिश्पर्धा

आइसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इण्डिज आमने सामने हुँदैछन् । समुह सी अन्तर्गतको यो खेल भारतको वानखेडे स्टेडियममा बिहान ११; १५ बजेदेखि शुरु हुँदैछ । नेपालले यसअघिका आफ्ना दुवै खेल गुमाएको कारण यो खेलमा जित महत्वपूर्ण रहेको छ ।

त्यस्तै वेस्ट इण्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार शुरुवात गरेको छ । नेपालले सन् २०१४ को टी–२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पराजित गर्दै दुई जित निकालेको थियो । त्यसयता विश्वकपमा नेपालले जित हासिल गर्न सकेको छैन र नेपाले यस विश्वकपमा पहिलो जितको खोजीमा रहेको छ ।

गत फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले इटालीविरुद्ध खराब प्रदर्शन गरेपछि दबाबमा रहेको छ । नेपालका लागि ओपनर कुशल भुर्तेल मध्यक्रममा कप्तान रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी र आरिफ शेख टोलीका मुख्य आधार हुन् र उनीहरुको प्रदर्शन आज महत्वपूर्ण हुनेछ । त्यस्तै सन्दीप लामिछानेबाट अनुशासित र खेल जिताउने बलिङ स्पेलको अपेक्षा सबैको हुनेछ ।

केहि महिनाअघि युएईको शारजहाँमा सम्पन्न टी–२० सिरिजमा नेपालले वेस्ट इण्डिजलाई २–१ ले पराजित गरेको कारणले नेपाललाई मनोवैज्ञानिक रुपमा यस खेलमा फाइदा हुन सक्छ । तर वेस्ट इण्डिज धेरै प्रोफेसनल क्रिकेट खेल्ने हुनाले उनीहरु विगतको हार र खराब प्रदर्शनबाट प्रभावित नहुने सजिलै अनुमान गर्न सकिन्छ । नेपालका लागि वेस्ट इण्डिजलाई रोक्न इङल्याण्डविरुद्धको जस्तो उत्कृष्ट क्रिकेट खेल्नै पर्ने देखिन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार