२०८२ फागुन २ , शनिबार 14, February 2026, Saturday

‘भ्यालेन्टाइन डे’मा सिङ्गल नै हुनुहुन्छ ? यस्ता छन् फाइदा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २ गते शनिबार

‘भ्यालेन्टाइन डे’को अवसरमा कयौँ मानिसहरूको मायाको खोज पुरा हुन्छ । केही भने सिङ्गल नै रहन्छन् । तपाईँ पनि यो ‘भ्यालेन्टाइन डे’मा सिङ्गल हुनुहुन्छ भने चिन्ता गर्नुपर्दैन । किनकि सिङ्गल पनि तपाईँलाई कयौँ फाइदा हुने गर्छ । यहाँ त्यसैको चर्चा गरिएको छ ।

डेटलाई कसरी ‘पर्फेक्ट’ बनाउने टेन्सन नै हुँदैन

‘भ्यालेन्टाइन डे’मा सिङ्गल हुनुको सबैभन्दा पहिलो फाइदा त तपाईँलाई यो दिनको लागि ‘पर्फेक्ट डेट प्लान’ गर्नको लागि न त कुनै मेहनत गर्नुपर्छ न त चिन्ता नै हुन्छ । तपाई आफ्नो इच्छाले आफ्नो लागि एक ‘रोमान्टिक डेट प्लान’ गर्न सक्नुहुन्छ र आफूलाई जुन मन लाग्छ त्यही उपहार किनेर दिन सक्नुहुन्छ । तपाईँ आफूजस्तो हुनुहुन्छ त्यही रुपमा घुम्न जान सक्ने पनि राम्रो कुरा हो । यस्तोमा अरु कसैलाई ती कुराहरू मन पर्छ कि पर्दैन भनेर चिन्ता लिइराख्नु नै पर्दैन ।

न कुनै अपेक्षा, न कुनै चिन्ता

जब हामी कुनै सम्बन्धमा हुन्छौँ तब हामी पार्टनरबाट कुनै न कुनै चीजलाई लिएर अपेच्छा राख्न लाग्छौं । उसले मलाई कता घुमाउन लग्ला ? के उपहार देला ? आज भेट्दा कस्तो व्यवहार देखाउने हो आदी ? तर तपाईँ सिङ्गल हुनुहुन्छ भने यी सबै चिजहरुको झझण्ट नै हुँदैन । पार्टनर छैन भने न कुनै अपेच्छा हुन्छ न कुनै निराशा नै ।

आफैँमाथि गर्नुहोस् निस्फिक्री खर्च

सिङ्गल हुनुको अर्को फाइदा भनेको तपाईँलाई अरुको लागि पैसा खर्च गरिराख्नुपर्दैन । तपाईंले मिहेनत गरेर कमाएको आयमाथि तपाईंको आफ्नै मात्र अधिकार हुन्छ । अर्थात तपाईँ जसरी चाहनुहुन्छ र जहिले चाहनुहुन्छ आफ्नो पैसा आफ्ना आवश्यकता पूरा गर्न खर्च गर्न सक्नुहुन्छ ।

आफूलाई चाहेको कुरा गर्न स्वतन्त्र

सिङ्गल रहनुको अर्को फाइदा भनेको तपाईँ ‘भ्यालेन्टाइन डे’ होस् अथवा अरु कुनै सामान्य दिन आफूले चाहेजसरी बिताउन सक्नुहुन्छ । तपाई आफ्नो जीवनको राजा हुनुहुनेछ । तपाई आफूलाई मन परे फिल्म हेर्न जान सक्नुहुन्छ वा आफ्नो प्रिय पुस्तक पढ्न सक्नुहुन्छ वा केही मन नपरे पुरा दिन सुतेर बिताउन सक्नुहुन्छ वा आफ्ना मन मिल्ने साथीहरुसँग भेटेर रमाइलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार