२०८३ मंसिर ४ , शुक्रबार 20, November 2026, Friday

बर्दियामा चितुवाको आक्रमणबाट नन्दु रोकायको मृत्यु

बर्दियामा चितुवाले आक्रमण गर्दा एक युवाको मृत्यु भएको छ । गुलरिया नगरपालिका वडा नं. ५ तुलसीपुरका ३५ वर्षीय नन्दु रोकायको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–११ भेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा रोकायको घटना स्थल मै मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी शिवबहादुर केसीले बताए ।

गत माघ ७ गते सोही क्षेत्र आसपासमा तोरीवारिमा काम गर्ने क्रममा चितुवाको आक्रमणबाट बारबर्दिया नगरपालिका–११ बेलभारकी खिदनी थारूको मृत्यु भएको थियो । पछिल्लो समयमा बर्दियामा चितुवा र वन्यजन्तुको आक्रमणका घटना बढ्दै गएका छन् ।

डिभिजन वन कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनायता छ जना चितुवाको आक्रमणबाट, एक जना पाटेबाघको आक्रमणबाट र दुई जना जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०८२ माघ २२ गते बिहीबार