२०८३ असोज २४ , शनिबार 11, October 2026, Sunday

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा आज माघ २१ गते बुधबारका दिन प्रदेशभर सार्वजनिक बिदा हुने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख भए अनुसार प्रदेश राजपत्र भाग ३, खण्ड ५, सङ्ख्या १४, मिति २०८१ चैत २१ बमोजिम यस वर्ष पनि स्थापना दिवसका अवसरमा सार्वजनिक बिदा दिएको हो ।

मन्त्रालयका प्रदेश सचिव लोकबहादुर सुनारद्वारा जारी सूचनामा सम्बन्धित सबै निकायलाई जानकारीका लागि सार्वजनिक गरिएको जनाइएको छ । उनले प्रदेश सरकारले विविध कार्यक्रम गरेर स्थापना दिवस मनाउने कार्यक्रम रहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार