२०८३ भदौ १४ , आइतबार 30, August 2026, Sunday

समानुपातिकमा तीन हजार १३५ उम्मेदवार कायम (सूचीसहित)

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको छ । मंगलबार (माघ २०) आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनको समानुपातिकतर्फको उमेदवारको अन्तिम बन्दसूची प्रकाशन गरेको हो ।

उमेदवारको अन्तिम सूचीमा ६३ राजनीतिक दलबाट ५७ निर्वाचन चिह्न कायम भएका कुल तीन हजार १३५ उमेदवार रहेका आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । आयोगका अनुसार, प्रकाशित बन्दसूचीमा १७७२ महिला र १३६३ पुरुष उमेदवार रहेका छन् । यसअघि आयोगले सोमबार समानुपातिकतर्फका ७६ उमेदवारको नाम बन्दसूचीबाट हटाएको थियो ।

समानुपातिकतर्फका उमेदवारको अन्तिम बन्दसूची हेर्नुस्

Skip to PDF content
प्रकाशित मिति : २०८२ माघ २१ गते बुधबार