नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको विनिमयदर उच्च दरमा घटेको छ । आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा छ ।
हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो । यही माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो । अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै महँगो हो । त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा छ ।
हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १७४ रुपैयाँ १२ पैसा थियो । यही माघ १९ गते युरो १ को खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज पाउन्ड स्ट्रलिङ १ को खरिददर ९६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ६६ पैसा छ ।
हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३३ पैसा र बिक्रीदर २०१ रुपैयाँ १५ पैसा थियो । आज अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४३ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०२ रुपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४७३ रुपैयाँ ८३ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४८० रुपैयाँ ६१ पैसा थियो । नेपाल राष्ट्र बैंकका अनुसार आज बहराइन दिनार १ को खरिदर ३८२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ९० पैसा छ ।
हिजो बहराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३८९ रुपैयाँ २० पैसा थियो । यो विनिमयदर आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
| Currency | Unit | Buy | Sell |
|---|---|---|---|
|
usd (U.S. Dollar)
|
1 | 144.13 | 144.73 |
|
eur (European Euro)
|
1 | 169.94 | 170.65 |
|
gbp (UK Pound Sterling)
|
1 | 196.85 | 197.66 |
|
chf (Swiss Franc)
|
1 | 185.25 | 186.02 |
|
aud (Australian Dollar)
|
1 | 101.01 | 101.43 |
|
cad (Canadian Dollar)
|
1 | 105.38 | 105.82 |
|
sgd (Singapore Dollar)
|
1 | 113.42 | 113.89 |
|
jpy (Japanese Yen)
|
10 | 9.24 | 9.28 |
|
cny (Chinese Yuan)
|
1 | 20.77 | 20.86 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 38.43 | 38.59 |
|
qar (Qatari Riyal)
|
1 | 39.54 | 39.71 |
|
thb (Thai Baht)
|
1 | 4.57 | 4.59 |
|
aed (UAE Dirham)
|
1 | 39.24 | 39.41 |
|
myr (Malaysian Ringgit)
|
1 | 36.65 | 36.80 |
|
krw (South Korean Won)
|
100 | 9.94 | 9.98 |
|
sek (Swedish Kroner)
|
1 | 16.10 | 16.16 |
|
dkk (Danish Kroner)
|
1 | 22.75 | 22.85 |
|
hkd (Hong Kong Dollar)
|
1 | 18.45 | 18.52 |
|
kwd (Kuwaity Dinar)
|
1 | 471.86 | 473.83 |
|
bhd (Bahrain Dinar)
|
1 | 382.31 | 383.90 |
|
omr (Omani Rial)
|
1 | 374.39 | 375.95 |
