आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा देशभर एक कराड ८९ लाख तीन हजार ६८९ मतदाता कायम गरिएका छन् । निर्वाचन आयोगले मंगलबार सूचना जारी गरी मतदाताबारे जानकारी दिएको छ । आयोगले फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकलाई मतदातामा समावेश गरेको छ ।
यससँगै आयोगले सार्वजनिक गरेको मतदाता सूची अनुसार, सबैभन्दा बढी रामेछापमा एक लाख ८७ हजार ९५२ मतदाता रहेका छन् । सबैभन्दा कम मनाङमा सात हजार मतदाता रहेका छन् । सबैभन्दा धेरै मतदाता रहेको रामेछाप र सबैभन्दा कम मतदाता रहेको मनाङमा एउटै निर्वाचन क्षेत्र रहेको छ ।
Skip to PDF content
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार
सत्यपाटी