२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ बन्दसूचीबाट ७६ जना ‘आउट’

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १९ गते सोमबार

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको विवरण रुजु भई ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको जनाएको हो ।

‘समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न आएका उजुरी, प्रचलित कानुन बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा ७६ जनाको नाम हटाउने निर्णय भएको हो,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका २१ जना

  • प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका २५ जना ।
  • निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका १० जना ।
  • पच्चीस वर्ष उमेर पूरा नभएका ४ जना ।
  • मतदाता नामावलीमा नाम समावेश नभएका १ जना ।
  • मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेका २ जना ।
  • महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरुष उम्मेदवार पेस भएका १ जना ।
  • नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएका १० जना ।
  • माथि उल्लिखित कारणहरूमध्ये एकभन्दा बढी कारण भएका २ जना ।

Skip to PDF content
प्रकाशित मिति : २०८२ माघ १९ गते सोमबार