२०८३ असार १४ , आइतबार 28, June 2026, Sunday

सुनचाँदीको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ किनबेच ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १८ गते आइतबार

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख र त्यति नै परिमाणको चाँदीको मोल पाँच हजार ५०० कायम भएको छ ।

गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु सात हजार ६५ कायम भएको थियो । बिहीबार एक तोला छापावाल सुनको मूल्य तीन लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल सात हजार ५०५ मा किनबेच भएको थियो ।

त्यसैगरी, गत बुधबार एक तोला छापावाल सुनको मूल्य तीन लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल सात हजार ३०० कायम भएको भने गत मंगलबार एक तोला छापावाल सुनको मूल्य तीन लाख नौ हजार ३०० त्यति नै चाँदीको मोल रु छ हजार ८७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८६५ र त्यति नै परिमाणको सेतो धातु ८५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार