२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोल र एलपी ग्याँसको यथावत

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १८ गते आइतबार

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरी डिजेल र मट्टितेलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।

भारतीय आयल कर्पोरेसन (आइओसी)बाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोलियम पदार्थको भाउ बढेर आएको भन्दै निगमले मूल्य समायोजन गरेको हो ।

निगमले पेट्रोल र एलपी ग्याँसको मूल्य भने हाललाई यथावत् राखेको छ । आईओसीबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र ग्याँसमा प्रतिसिलिन्डर ४५.४१ रुपैयाँले मूल्य बढेर आए पनि निगमले यसमा कुनै फेरबदल गरेको छैन ।

निगमले हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १ रुपैयाँले मूल्य घटाएको छ । त्यस्तै, हवाई इन्धन (अन्तर्राष्ट्रिय)तर्फ काठमाडौँको लागि प्रति किलोमिटर अमेरिकी डलर ७ ले मूल्य घटाइएको छ ।

प्रकाशित मिति : २०८२ माघ १८ गते आइतबार