२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

टिकट नपाएर कांग्रेसी नेताको गुप्तबास, चुनावमा अन्तरघातको आशंका

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १६ गते शुक्रबार

फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले १६५ उम्मेदवार मैदानमा उतारेको छ । तीमध्ये १०६ जना नयाँ अनुहार हुन् ।

पुसको अन्त्यमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा–विश्वप्रकाश शर्माको नेतृत्व आएपछि कांग्रेसले धेरै पाका र पुराना नेताहरूलाई टिकट दिएन ।

पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने घोषणा गरेका छन् भने शशांक कोइराला, प्रकाशमान सिंह, पूर्णबहादुर खड्कालगायत प्रभावशाली नेताहरू टिकटविहीन बने ।

विशेष महाधिवेशनप्रति असन्तुष्ट समूह पार्टीभित्रै अदालतसम्म पुगेको छ, जसले चुनावमा अन्तरघात हुने हो कि भन्ने आशंका बढाएको छ ।

यद्यपि टिकट नपाएका केही नेताहरूले पार्टी उम्मेदवारलाई जिताउन सहयोग गर्ने बताएका छन् । तर, असन्तुष्ट नेताहरूको प्रभाव भएका क्षेत्रहरूमा कांग्रेसलाई क्षति पुग्ने सम्भावनाप्रति पार्टीभित्रै चिन्ता छ ।

नयाँ नेतृत्व उत्साहका साथ चुनावी मैदानमा उत्रिए पनि असन्तुष्ट पक्षको भूमिकाले कांग्रेसको चुनावी परिणाम निर्धारण गर्ने देखिन्छ । उनीहरू यतिबेला आ–आफ्नो निवासमा आराम गरिरहेका छन् । कोही पनि चुनावी प्रचारप्रसारमा जुटेका छैनन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार