भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभाको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिंदैछ । जिल्लाका आठ वटा पालिकाका १३९ वटा मतदानस्थलमध्ये ६१ वटा अति संवेदनशील, ५० वटा संवेदनशील तथा २८ वटालाई सामान्य मतदानस्थल तोकिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङले बताए ।
१३९ मतदानस्थलमा ४०० मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्र समेत कायम गरिने तयारी भइरहेको निर्वाचन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अंगु जिसीले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्नका लागि कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचन लक्षित कडा सुरक्षा व्यवस्था गरिने बताए ।
उनले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताए । मतदानको केहीदिन अघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधीसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा यसपटक तीन लाख ५० हजार ३७१ जना मतदाता सङ्ख्या पुगेको जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीले जानकारी दिए । उनले अस्थायी मतदाताको नामावली सङ्कलन गर्ने कार्य अझै चलिरहेकाले सो सङ्ख्या पनि यसमा थपिने बताए । यसैबीच भारतसँग ६५ किलोमिटरको खुला सिमाना गाँसिएको बाँके जिल्लामा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि कडा सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
जिल्ला सुरक्षा समिति बाँकेका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति तयार पारेर सोही अनुसारको सुरक्षा प्रबन्ध मिलाउने काम भइरहेको बताए । उनका अनुसार जिल्लाका आठ वटा पालिकामा कायम गरिएका १३९ वटा मतदान स्थलमध्ये ६१ वटा अति संवेदनशील र ५० वटा मतदान स्थललाई संवेदनशील तथा २८ मतदान स्थललाई सामान्य तोकेर सोहीबमोजिमको सुरक्षा प्रबन्ध मिलाइँदैछ ।
जिल्लाका १३९ मतदानस्थलमा चार सय मतदान केन्द्र कायम गरिएको र केही अस्थायी मतदान केन्द्रसमेत कायम गरिने तयारी भइरहेको छ । जिल्ला सुरक्षा समितिका प्रमुख तामाङले भौगोलिक अवस्था, खुला सिमाना र अन्य विभिन्न कारणले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी मतदान स्थललाई संवेदनशील र अतिसंवेदनशीलमा विभाजन गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले मतदान स्थलसम्म जाने बाटोको अवस्था, सो स्थलको भौगोलिक अवस्था र मतदाताको मनोभावना बुझेर निर्वाचन लक्षित विशेष सुरक्षा रणनीति तयार गरिएको बताए । उनले निर्वाचनलाई अत्यन्त मर्यादित र भयरहित तरिकाले सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने जनाउँदै निर्वाचनलक्षित सुरक्षालाई लिएर अहिलेबाटै बाँके प्रहरी उच्च सतर्कमा रहेको बताए ।
मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका लागि पैदल, गाडी र हवाई गस्ती पनि सँगसँगै हुने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख जिसीले सुरक्षामा निर्वाचन प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालित हुने बताए । मतदानको केही दिनअघिबाटै सीमा नाकामा नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त गस्ती पनि हुने र सो गस्ती निर्वाचनको अवधिसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सत्यपाटी