२०८२ फागुन ७ , बिहीबार 19, February 2026, Thursday

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात (तस्वीर कथा)

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १४ गते बुधबार
हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएकाे सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्बिर : दाने बोहरा / रासस

मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवरुद्ध भएको छ ।

केही स्थानमा दुई फिटभन्दा बढी हिउँ जमेको छ । हिउँ परेसँगै स्याउ, उवा, फापर, जौँ र आलु लगायत बाली सप्रने आशा पलाएको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख रोशन थकालीले बताए ।

त्यसैगरी, हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोटमा मङ्गलबार रातिदेखि नै बाक्लो हिमपात भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख शङ्कर खड्काका अनुसार सदरमुकाम सिमकोटसहित उच्च भेगमा एक फिट हिउँ जमेको छ ।

हिमपातले हवाई सेवा अवरुद्ध हुनाका साथै लिमी, न्यालु, यारी र हिल्सा सडक बन्द भएका छन् । यस्तै बाजुरस्थित राससकर्मीका अनुसार जिल्लाका बडीमालिका, बुढीगङ्गा त्रिवेणी, बुढीनन्दा नगरपालिका, हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक, जगन्नाथ गाउँपालिकाका लेकमा बाक्लो हिमपात भएको छ ।

हिमपातका कारण हिमालीको विच्छ्या, रुगिन, बाँधु, गौमुलको अल्लिस, दहकोट, बुढीनन्दाको कुरु गाउँको जनजीवन प्रभावित भएको छ । वर्षासँगै हिमापात भएपछि गहुँ बाली सप्रने कृषि ज्ञान केन्द्रका प्रमुख जसीराम सहानीले बताए ।

हिमपातपछि हिउँले सेताम्मे देखिएका मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित आसपासका क्षेत्र । यो सिजनमा माथिल्लो मुस्ताङमा तीन पटक र तल्लो मुस्ताङमा दुई पटक हिमपात भएको हो ।हिमपातसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । तस्वीर : सुन्दरकुमार थकाली । रासस

हुम्लामा मङ्गलबार रातिदेखि हिमपात भएपछि बुधबार बिहान हिउँले सेताम्मे देखिएको सदरमुकाम सिमकोट आसपास क्षेत्र । तस्वीर : दाने बोहरा । रासस

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार