२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

देशभर तीन हजार ४०६ जना उम्मेदवार प्रतिश्पर्धामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १० गते शनिबार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरबाट तीन हजार ४०६ जना उम्मेदवार प्रतिश्पर्धामा देखिएका छन् । निर्वाचन आयोगको तथ्यांक अनुसार दर्ता गराएका उम्मेदवारमध्ये तीन हजार १७ पुरुष र ३८८ महिला रहेका छन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि तीन हजार ४०६ जना उम्मेदवारबीच प्रतिश्पर्धा हुने जानकारी दिएका छन् । उम्मेदवारमध्ये २५ देखि ४० वर्ष उमेर समूहका एक हजार ५६ जना छन् भने ४१ देखि ६० वर्ष उमेर समूहका एक हजार ९२५ छन् ।

त्यसैगरी ६१ वर्षभन्दा माथिका ४२५ जना छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले विभिन्न निर्वाचन क्षेत्रबाट हालसम्म ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि तीन हजार ४०६ जना उम्मेदवारबीच प्रतिश्पर्धा हुनेछ । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको नामावली प्रकाशित भइसकेको छ र माघ १० गतेसम्म दाबी विरोधको समय दिइएको छ । समानुपातिक प्रणालीका लागि राजनीतिक दलहरूले गत पुस १३ र १४ गते बन्दसूची पेस गरेका थिए । माघ १० गते दाबी विरोधको समय सकिएपछि अन्तिम नामावली प्रकाशित गरिने जानकारी पनि आयोगले दिएको छ ।

प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार