प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि माघ ६ गते दिइएका उम्मेदवारीमध्ये देशभरबाट ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार फिर्ता लिएको सङ्ख्या ४९ जना रहेको छ । देशका विभिन्न क्षेत्रबाट उमेदवारी फिर्ता लिनेमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा), उज्यालो नेपाल पार्टीलगायत दलका तर्फबाट मनोनयनपत्र दर्ता गराएका व्यक्तिहरू छन् ।
केही स्वतन्त्र व्यक्तिले पनि उमेदवारी फिर्ता लिएका उनले जानकारी दिए । साथै, पाँच जना उम्मेदवारविरुद्ध दाबी विरोध परेकोमा एक जनाको उम्मेदवारी खारेज भएको छ । आयोगका अनुसार नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरिएको हो । अन्य चार जनाको उम्मेदवारी भने यथावत रहेको आयोगले जनाएको छ ।
सत्यपाटी