२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

पश्चिमी वायुको प्रभावले आज यी प्रदेशमा वर्षा र हिमपात

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ८ गते बिहीबार

पश्चिमी वायुको प्रभावका कारण देशको मौसम प्रणालीमा फेरबदल आउने संकेत देखिएको छ । हाल नेपालमा आंशिक प्रभाव जमाएको पश्चिमी वायु थप सक्रिय हुँदा भोलि (शुक्रबार) देखि विभिन्न स्थानमा वर्षा र हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (बिहीबार) देशका अधिकांश भूभागमा मौसम सफा रहे पनि भोलिदेखि कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका बासिन्दाले मौसममा प्रतिकूलता महसुस गर्नेछन् । विशेषगरी भोलि लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानहरूका साथै गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको प्रक्षेपण गरिएको छ ।

यसैगरी, हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम हिमपात हुन सक्ने भएकाले चिसो बढ्न सक्ने आँकलन गरिएको छ ।

आजको अवस्था कस्तो छ ?

आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि बाँकी क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ । यद्यपि, तराई मधेसका जिल्लाहरूमा भने बिहानैदेखि हुस्सु र कुहिरोको प्रभाव देखिएको छ । आज राति पनि तराईमा हुस्सु लाग्ने तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च भेगमा बादल लाग्ने क्रम जारी रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार