२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

आज बिहीबार तपाईका लागि कति शुभ, कति अशुभ ? हेर्नुहोस् राशिफल

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ८ गते बिहीबार

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ ८ गते । बिहीबार । इस्वी सन् २०२६ जनवरी २२ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ शुक्लपक्ष । तिथि–चतुर्थी, ४६ घडी ४० पला, रातको १ बजेर ३७ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–शतभिषा, १८ घडी १८ पला, दिउँसो २ बजेर १६ मिनेट उप्रान्त पूर्वाभाद्रपदा ।

योग–वरियान, २७ घडी ६ पला, बेलुकी ५ बजेर ५७ मिनेट उप्रान्त परिध । करण–वणिज, दिउँसो २ बजेर २ मिनेट उप्रान्त गर, रातको १ बजेर ३७ मिनेट उप्रान्त बव । आनन्दादिमा–वज्र योग । चन्द्रराशि–कुम्भ । काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३४ मिनेट । दिनमान २६ घडी ३५ पला । दिन विशेष : पञ्चक । तिलकुन्द चतुर्थी ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म रोग बेला ।
  • बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५६ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ५७ मिनेटदेखि बिहान १२ बजेर १६ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १७ मिनेटदेखि दिउँसो १ बजेर ३६ मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ३७ मिनेटदेखि दिउँसो २ बजेर ५५ मिनेटसम्म काल बेला ।
  • दिउँसो २ बजेर ५६ मिनेटदेखि बेलुकी ४ बजेर १५ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ४ बजेर १६ मिनेटदेखि बेलुकी ७ बजेर १५ मिनेटसम्म अमृत बेला ।

नोट – शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।

राहुकाल – दिउँसो १ बजेर ३५ मिनेटदेखि दिउँसो २ बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ । राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त – बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

दिन निकै लाभदायक रहनेछ । प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । पहिले रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्न सक्छ । आम्दानी बढ्नाले उत्साह जाग्नेछ । व्यापारमा राम्रै फड्को मार्न सकिनेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । दिगो काम सुरु हुनेछ र छोटो समयमै उपलब्धि हातलागी हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

मेहनत गर्दा भाग्योन्नतिको समय छ । सानो प्रयत्नले दिगो काम सम्पादन हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनाले कर्मयोग बलियो रहनेछ । अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । पदीय जिम्मेवारीसमेत प्राप्त हुन सक्छ । धेरैले आफ्ना कामको तारिफ गर्नेछन् ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ हुनेछ । काममा समय लागे पनि पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । गोप्य सूचना बाहिरिनाले अप्ठ्यारो पर्न सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । समयको तालमेल नमिल्दा योजना सम्पन्न नहुन सक्छ । आफ्नो क्षेत्रमा पनि अरूले हस्तक्षेप गर्न सक्छन् ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

दिन रमाइलो रहनेछ र काममा फाइदा हुनेछ । पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । उपहारले काममा उत्साह जगाउनेछ । अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ । दाम्पत्य सुमधुर रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

दिन उत्साहप्रद रहनेछ । चुनौती पन्छाएर काम बनाउन सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । छोटो समयमा विशेष उपलब्धि प्राप्त हुनेछ । मेहनत गर्दा नाम, दाम र इनाम हातपार्न सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ । सहयोगीहरूले साथ नदिन सक्छन् । कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । बेसुरमा वचन दिनाले समस्या पर्ला । धैर्य एवं लगनशीलताले मात्र प्रतिफल हातपार्न सफल भइनेछ । काम थाल्नुअघि योजना सार्वजनिक नगर्नुहोला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

नियमित काम सम्पादन भए पनि पारिवारिक मतभेदले व्यवधान निम्त्याउनेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ । निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले सजग रहनुपर्ला । निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । महत्त्वाकांक्षी योजना सार्वजनिक नगर्नुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । परिस्थितिवश आँटेको काममा विलम्ब हुनेछ । सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन् । मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ । उपलब्धिका लागि दोहोर्याएर काम गर्नुपर्ला । काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ । आर्थिक लेनदेनमा अलि होसियार रहनुहोला ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । तर आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयन गर्न सकिनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

चिताएको काम रोकिए पनि रमाइलो जमघटमा सहभागी बन्ने अवसर आउला । आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ । तर आगन्तुकहरूले अलमल्याउने हुँदा काममा बाधा पुग्नेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । महत्वाकांक्षी योजना बिग्रन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ । अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । टाढाका साथीभाइले काममा साथ दिनेछन् । तर, खर्च बढ्नेछ भने समयमा आलस्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर प्राप्त हुनेछ ।

प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार