साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्यमा ह्वात्तै वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको हो ।
यसअघिको कारोबारमा प्रतितोला दुई लाख ८४ हजार ७०० रुपैयाँमा रहेको छापावाला सुन बुधबार दुई लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढ्दै प्रतितोला ४० रुपैयाँले वृद्धि भई पाँच हजार ९२० रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य पाँच हजार ७५ रुपैयाँ ५० पैसा कायम छ । विशेषज्ञहरूले यही रफ्तारले बढेछ भने छिट्टै सुनको मूल्य प्रतितोला तीन लाख रुपैयाँ नजिक पुग्ने अनुमान गरेका छन् ।
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
सत्यपाटी