झापाको कमल गाउँपालिकाका नेपाली काँग्रेसका सचिव महेन्द्र बुढाथोकीले पार्टी परित्याग गरेका छन् । उनले बुधबार पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । कमल गाउँपालिका झापा–५ मा पर्छ ।
काँग्रेस परित्याग गरेका बुढाथोकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । उनले काँग्रेस कमल गाउँपालिकाको सचिव र साधारण सदस्यसमेतबाट राजीनामा दिएको जानकारी सामाजिक सञ्जाल (फेसबुक)मार्फत गराएका छन् ।
उनले रास्वपा प्रवेश गर्दै अब झापा–५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई जिताउन सहयोग गर्ने बताएका छन् । ‘…आजैका मितिदेखि रवि लामिछानेको अभियानमा सहभागी बन्दै युवा आइकन बालेन शाहलाई झापा–५ बाट विजयी बनाउन मेरो निस्वार्थ सहयोग रहनेछ,’ उनले भनेका छन् ।
प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार
सत्यपाटी