२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

बाँकेका तीन क्षेत्रबाट ६१ उम्मेदवार चुनावी मैदानमा (नामावलीसहित)

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ ७ गते बुधबार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि बाँकेका तीन वटा निर्वाचन क्षेत्रमा ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगन्जका अनुसार, बाँके क्षेत्र नम्बर १ मा तीन जना स्वतन्त्रसहित १६ जना, क्षेत्र नम्बर २ मा तीन जना स्वतन्त्रसहित २२ जना र क्षेत्र नम्बर ३ मा पाँच जना स्वतन्त्रसहित २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

बाँकेका मुख्य निर्वाचन अधिकृत दीपक कुमार दाहालले तीन वटै क्षेत्रमा शान्तिपूर्ण रुपले उत्साहजनक तरिकाले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको बताए । उनका अनुसार उम्मेदवारहरुले उत्साहजनक रुपले मनोनयन दर्ता गराएकाले दर्ता कार्यक्रम शान्तिपूर्ण रुपले सम्पन्न भएको हो ।

क्षेत्र नम्बर १ बाट प्रगतिशिल लोकतान्त्रिक पार्टीका कृष्णा केसी, राष्ट्रिय जनमोर्चाका तुलसीराम सापकोटा, स्वतन्त्र उम्मेदवार दीपकबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का दिपक बुढाथोकी, स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा, उज्यालो नेपाल पार्टीका धनबहादुर खड्का, नेपाली कम्युनिष्ट पार्टीका नरेन्द्रप्रसाद पाण्डे, नेपाली कांग्रेसका नारायणप्रसाद गौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदिपकुमार शाहले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार प्रदिप पौडेल, मंगोल नेशनल अर्गजनाइजेसनबाट फेरुलाल चौधरी, श्रम सँस्कृति पार्टीका भरतनिधि तिवारी, जनता समाजवादी पार्टी नेपालका राजेन्द्रकुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, नेपाल मजदुर किसान पार्टीका सुर्जा थापा र नेकपा एमालेका सूर्यप्रसाद ढकालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराउनेमा नेपाली कांग्रेसका सुधांसु कोइराला, एमालेका मोहम्मद इस्तियाक राई, नेपाली कम्यूनिष्ट पार्टीका दीपेन्द्र विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालका कमरुद्धिन राई, राप्रपाका ऋषिराज देवकोटा, प्रगतिशील लोकतान्त्रिक पार्टीका माजिदअलि शेष, नेपाल जनता पार्टीका विजयकुमार गुप्ता, उज्यालो नेपाल पार्टीका शैलेन्द्रकुमार कर्ण, राष्ट्रिय जनमत पार्टीका इर्फान शेष र जनता समाजवादी पार्टीका सरस्वती प्रसाद बर्माले उम्मेदवार दर्ता गराएका छन् ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टीका प्रकाश शाह, श्रम संस्कृती पार्टीका रामचरण चौधरी, नेकपा माओवादीका महेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका जगदिस ढकाल, आम जनता पार्टीका अब्दुल अमर साई, राष्ट्रिय मुक्ति मोर्चा नेपालका बावुप्रकाश घिमिरे, राष्ट्रिय एकता दलका सिताराम यादव, जनमत पार्टीका मोहम्मद आजाद शाइ र गोपालप्रसाद गिरी, सौरभजंग शाह र मनोज कुमार चौधरी रहेका छन् ।

सोही प्रकारले क्षेत्र नम्बर तीनका निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार उक्त क्षेत्रमा क्रमशः नेपाली कांग्रेसका अमरसिंह पुन, नेकपा एमालेका सुमन मल्ल, श्रम सँस्कृति पार्टीका ओमकार थापा मगर र नेपाली कम्युनिष्ट पार्टीका कान्तुराम गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल)का चन्द्रविर कामीले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार चेतबहादुर वली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तारकसिंह थारु, प्रगतिशिल लोकतान्त्रिक पार्टीका तेजप्रसाद भण्डारी, नागरिक उन्मुक्ती पार्टीका धु्रवराज थारु, स्वतन्त्र उम्मेदवार पदमबहादुर घर्ती मगर, जनमत पार्टीका फिरोज खाँ, आम जनता पार्टीका विद्या शर्मा, स्वतन्त्र उम्मेदवारद्धय भगवती शाह र भिमबहादुर सुनार, नेपाल मजदुर किसान पार्टीका भुमी महतरा र राष्ट्रिय जनमोर्चाका मनबहादुर सुनार उम्मेदवार दिएका छन् ।

साथै मंगोल नेशनल अर्गनाइजेसनका मनोज कुमार थारु, राष्ट्रिय जनमत पार्टीका मुबारक अली दर्जी, मितेरी पार्टी नेपालका रुपकुमार चन्द, जनता समाजवादी पार्टी नेपालका सुर्यलाल यादव, स्वतन्त्र उम्मेदवार सुर्यप्रसाद रेग्मी र नेपाली कम्युनिष्ट पार्टीका दिपककुमार गौरी मगरले मनोनयन दर्ता गराएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ७ गते बुधबार