२०८३ जेठ ४ , सोमबार 18, May 2026, Monday

देशभर ३९१ जना महिला चुनावी मैदानमा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३९१ जना महिलाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

मंगलबार भएको मनोनयन दर्ताका क्रममा सो संख्यामा महिला उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न राजनीतिक दलले महिलालाई उम्मेदवार बनाएका छन् । जम्मा तीन हजार ४२८ जनाले उम्मेदवारी दर्ता गरेकोमा पुरुष तीन हजार ३७ जना छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार