विशेष महाधिवेशनमार्फत नेतृत्वमा पुस्तान्तरण गरेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा धेरैजसो पुराना ‘हेभीवेट’ नेताहरूलाई उम्मेदवार बनाएन ।
पूर्वसभापति शेरबहादुर देउवाले अन्तिम समयसम्म डडेल्धुराबाट टिकट मागे पनि पार्टीले नदिँदा ३४ वर्षपछि उक्त क्षेत्रमा नैनसिंह महर उम्मेदवार बने ।
पार्टी नेतृत्वले देउवालाई अभिभावकीय भूमिकामा सीमित राख्ने निर्णय गरेको जनाएको छ । टिकट नपाउने अन्य नेतामा विजयकुमार गच्छदार, बालकृष्ण खाण, रमेश लेखक, सशांक कोइराला, धनराज गुरूङ र प्रकाशमान सिंह छन् ।
कतिपय नेताले आफैं चुनाव नलड्ने घोषणा पनि गरेका छन्, जसमा उपसभापति विश्वप्रकाश शर्मा, पुष्पा भुसाल र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का छन् । यस निर्णयलाई कांग्रेसभित्रको रूपान्तरण र पुस्तान्तरणको सन्देशका रूपमा हेरिएको छ ।
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
सत्यपाटी