२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

गगन थापाले गरे वारेसमार्फत् मनोनयन दर्ता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

नेपाली कांग्रेसका सभापति गगन थापा भोलिमात्रै सर्लाही जाने भएका छन् । उनले आज वारेसमार्फत् मनोनयन दर्ता गराएका छन् । थापाले वारेस प्रदेश सांसद तथा मधेस प्रदेशका उपसभापति वीरेन्द्र सिंहलाई दिएको सचिवालयले जनाएको छ ।

२०७९ सालको निर्वाचनमा पनि थापा उक्त क्षेत्रमा जान चाहेका थिए । तर अन्तिम समयमा उनी रोकिएका थिए । ‘सभापति भोलिमात्रै सर्लाही जानुहुन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘आज वारेसमार्फत मनोनयन दर्ता हुनेछ ।’

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार