२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

सुर्खेतमा आगलागीबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

सत्यपाटीसत्यपाटी । सुर्खेत । २०८२ माघ ६ गते मंगलबार

सुर्खेतमा सोमबार भएको आगलागीमा परी घाइते महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनको टाँडी घर भइ बहिनी भेट्न आएकी तुल्सी भुसाल छन् । ७० वर्षीया उनको उपचारका क्रममा मंगलबार मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले जानकारी दिए ।

आगलागीपछि घरभित्र थुनिएकी उनलाई सुरक्षाकर्मीले उद्वार गरेका थिए । वीरेन्द्रनगर–३ मंगलगढी चोकनजिकै राष्ट्रिय वाणिज्य बैंकस्थित मानिकेज उर्जा पसल रहेको भूइँ तलामा आगलागी भएको थियो । बिजुली सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी भएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिन घण्टौं लागेको थियो ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार