२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

कांग्रेस दमकका सभापतिद्वारा पार्टी परित्याग, बालेनलाई साथ

सत्यपाटीसत्यपाटी । झापा । २०८२ माघ ६ गते मंगलबार

नेपाली कांग्रेसका झापाको दमक नगरपालिकाका सभापति प्रकाश प्रसाईंले नेपाली कांग्रेसको पद र क्रियाशील सदस्यता समेत त्यागेको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

‘म प्रकाश प्रसाईं । आज मिति २०८२ माघ ६ गतेदेखि नेपाली कांग्रेस दमक नगर सभापतिको पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गर्ने औपचारिक घोषणा गर्दछु,’ प्रसाईंले लेखेका छन् ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई सहयोग गर्ने बताएका छन् । ‘काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले लेखेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार