२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

‘बाख्राले गाडा तान्न सक्दैन’ भन्दै किमद्वारा उपप्रधानमन्त्री बर्खास्त

सत्यपाटीसत्यपाटी । उत्तर कोरिया । २०८२ माघ ६ गते मंगलबार

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ–होलाई बर्खास्त गरेका छन् । किमले सोमबार उपप्रधानमन्त्री याङलाई हटाउन आदेश दिएका हुन् ।

सोमबार किम औद्योगिक परियोजनाको पहिलो चरणको उद्घाटन गर्न येओङसोङ मेसिन कम्प्लेक्समा पुगेका थिए । त्यहाँ सम्बोधनका क्रममा किमले याङ सुङ–होलाई हटाउन आदेश दिए ।

अनि उपप्रधानमन्त्री याङलाई हप्काउँदै मञ्चबाट किमले भने, ‘धेरै ढिला हुनुभन्दा अघि नै यहाँबाट हिँड्नुहोस् ।’ किमले याङ जिम्मेवारी सम्हाल्न अयोग्य रहेको आरोप पनि लगाए ।

कोरियाली समाचार एजेन्सी केसीएनएका अनुसार किमले भने, ‘बाख्राले गाडा तान्न सक्दैन । यो हाम्रो क्याडर नियुक्ति प्रणालीमा गल्ती थियो । आखिर गाडा गोरुले तान्छ, बाख्राले होइन ।’

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार