निर्वाचन आयोगले मतदाता नामावली छपाइ गरेर जिल्ला जिल्लामा पठाउने तयारी गरेको छ । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले निर्वाचन अधिकृतको कार्यालय, मतदान केन्द्र तथा उम्मेदवारहरूलाई आवश्यक पर्ने मतदाता नामावली छपाइको कार्य भइरहेको बताए । मतदाता नामावली छपाइको काम आयोगमै भइरहेको छ ।
देशभर १ करोड ८९ लाख ३५ हजार ६८९ मतदाता छन् । १६५ निर्वाचन क्षेत्रमा खोलिएका निर्वाचन अधिृकत कार्यालयलाई मनोनयन प्रयोजनका निम्ति आवश्यक पर्ने मतदाता नामावली पुस्तिका पठाइसकिएको छ । अन्य प्रति निर्वाचन प्रयोजनका सामग्रीहरूसँगै पठाइने सहायक प्रवक्ता न्यौपानेले बताए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार
सत्यपाटी