२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

भक्तपुर-२ मा महेश र शोभाको उम्मेदवारी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर–२ मा शोभा पाठकले उम्मेदवारी दिएकी छन् । उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर नेपाल जनसेवा पार्टीबाट आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।

पार्टीको चुनाव चिह्न जुत्ता रहेको छ । सोही क्षेत्रमा एमाले सचिव महेश बस्नेतले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । शोभाको बस्नेतसँग विवाद रहँदै आएको छ । त्यस्तै त्यहाँ रास्वपाबाट राजीव खत्रीले पनि उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार