२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

मेयर बालेन शाहले दिए राजीनामा

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ४ गते आइतबार

काठमाडौं महागरपालिका मेयर बालेन शाहले राजीनामा दिएका छन् । उनले केहीबेरअघि राजीनामा दिएको उनको सचिवालयले जनाएको छ । काठमाडौं महानगरपालिकाका एक अधिकारीले मेयरको सचिवालयमार्फत् उपमेयरलाई राजीनामा बुझाइएको हो ।

‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२ माघ ४ गतेदेखि लागु हुनेगरी स्वेच्छाले राजीनामा पेश गरेको छु,’ बालेनले भनेका छन् ।

प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार